आर्थिक

प्लास्टिक र स्टीलका सामान आउँदा काठका भाँडा लोप हुने अवस्थामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १७:०३
प्लास्टिक र स्टीलका सामान आउँदा काठका भाँडा लोप हुने अवस्थामा (भिडियोसहित)

१६ कात्तिक, २०७७ काठमाडौं । गाउँघरमा दहीदूध राख्न काठको सामग्री प्रयोग गर्ने चलन छ । तर पछिल्लो समय भने प्लाष्टिकका समानको प्रयोग बढ्दै जाँदा काठबाट बनेका सामान लोप हुँदै जाने खतरा बढेको छ ।

रामेछापको मन्थलीका ६० वर्ष धनबहादुर विश्वकर्माले आफ्नो पुरै जीवन काठको सामान बनाउनै समर्पित गर्नुभयो ।

विश्वकर्माले सामान बनाउन सुरु गरेको झण्डै ३० वर्ष बितिसकेको छ । विश्वकर्माले काठबाट ठेकी, माना, पाथी लगायतका समान बनाउनुहुन्छ ।

पहिले पहिले मानिसले गाईवस्तु धेरै पाल्थे । काठको सामानमा दही, दुध जमाउन, मोही पार्न काठको सामानको प्रयोग धेरै नै हुन्थ्यो । अनी धनबहादुरलाई पनि सामान बनाउन भ्याइनभ्याई हुन्थ्यो । तर अहिले पहिलेको जस्तो काठका सामान विक्री हुन छाडेको छ ।

अहिले माना, पाथी, ठेकीको चलन हट्दै गएको छ । प्लास्टिक, सिल्भर र स्टीलका सामानहरुले काठका सामानलाई विस्थापित गर्दै छन् । जस्ले गर्दा पनि धनबहादुरले बनाएका काठका सामानको माग घटेको स्थानीय बासिन्दाको भनाइ छ ।

काठबाट बनाइएका सामानहरु वर्षोसम्म टिक्छन् । काठका समानमा राखिएका दूध, दही स्वास्थ्यका लागि पनि फाइदाजनक छ । तर यसको महत्व नबुझ्दा काठका सामानको माग बढ्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *