गण्डकी प्रदेशमा थप चार जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १५:०५
गण्डकी प्रदेशमा थप चार जना कोरोना संक्रमितको मृत्यु

१६ कात्तिक, २०७७, पोखरा । गण्डकी प्रदेशमा आज चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीन जनाको पोखरामा उपचारका क्रममा र एक जनाको घरमै मृत्यु भएको हो ।

मृतकमा कास्कीका तीन र नवलपुरका एक जना छन् । पछिल्लो पटक आज दिउँसो पोखरा महानगरपालिका वडा नम्वर १७ का ६० वर्षीय पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । कार्तिक ११ गते संक्रमण भए पछि ती पुरुषलाई अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि आजै कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष र पोखरा महानगरपालिका वडा नम्वर ९ का ६२ वर्षीय महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै मृत्यु भएको थियो ।

त्यस्तै नवलपुरको गौडाकोट नगरपालिका वडा नम्वर २ मा होम आइसोलेसनमा बसेका ७७ वर्षीय महिलाको पनि आजै मृत्यु भएको छ ।

क्षेत्रीय अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । प्रदेशभर कोरोना संक्रमणका कारण ८० जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *