खेलकूद

साविक विजेता लिभरपुल इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ कार्तिक १६ गते ७:५८
साविक विजेता लिभरपुल इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा

१६ कात्तिक, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

प्रिमियर लीगअन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई २–१ गोलले पराजित गरेको हो ।

लिभरपुलको घरेलु मैदानमा १० औं मिनेटमै पाब्लो फोर्नाल्सको गोलसँगै वेष्ट ह्यामले अग्रता लिएको थियो । ४२ औं मिनेटमा पेनाल्टीमा मोहमेद सलाहले लिभरपुलका लागि गोल गर्दै खेल बराबरी गरे।

त्यसपछि ८५ औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि लिभरपुल २(१ ले विजयी भएको हो । जितपछि सात खेलबाट लिभरपुल १६ अंक जोडेको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति भएका अन्य खेलमा चेल्सीले बर्नलीमाथि ३–० र म्यानचेष्टर सिटीले सेफिल्ड युनाइटेडमाथि १–० को जित निकाले ।

जितपछि ७ खेलबाट १२ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लिंदा म्यानचेष्टर सिटी आठौं स्थानमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्