खेलकूद

दुई महिला खेलाडीले गरे आपसमा इन्गेजमेन्ट, बाइडेनले भने–मायाको सधैं जित हुन्छ

हिमालय टिभी
२०७७ कार्तिक १५ गते १८:४६
दुई महिला खेलाडीले गरे आपसमा इन्गेजमेन्ट, बाइडेनले भने–मायाको सधैं जित हुन्छ

१५ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकाका दुई महिला खेलाडीले एक आपसमा इन्गेजमेन्ट गरेका छन् ।

अमेरिकालाई दुई पटक महिला विश्वकप फूटबल जिताएकी मेगन र्‌यापिनोई र महिला बास्केटबलकी स्टार सु बर्डबीच इन्गेजमेन्ट भएको हो ।

४० वर्षे बर्डले सामाजिक सञ्जालमा घुँडा टेकेर मेगनले औँठी लगाइदिएको फोटो पोस्ट गरेकी छिन् । उनीहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

अमेरिकाले सन् २०१५ र २०१९ मा विश्वकपको उपाधि जित्दा र्‌यापिनोई महत्वपूर्ण सदस्य थिइन् । उनले सन् २०१९ मा महिलाको बालोन डि ओरको उपाधि पनि जितेकी थिइन् । बर्डले भने अमेरिकालाई चार पटक ओलम्पिक स्वर्ण पदक जिताएकी थिइन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेद्वार जो बाइडेनले ट्वीटरमार्फत मायाको सधैं जित हुन्छ भन्दै मेगन–सुको जोडीलाई बधाई दिएका छन् । अमेरिकाका केही राज्यमा समलिङ्गी विवाह वैध भए पनि कतिपय राज्यमा मान्यता पाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्