आर्थिक

धानबालीमा किराको प्रकोप, समाधानमा पहल नभएको किसानको गुनासो (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १५ गते १६:३५
धानबालीमा किराको प्रकोप, समाधानमा पहल नभएको किसानको गुनासो (भिडियोसहित)

१५ कात्तिक, २०७७ नेपालगञ्ज । नेपालगञ्जका अधिकांश किसानले रैथाने धान श्याम जिरा लगाएका छन् । तर पछिल्लो समय धानबालीमा किरा लाग्न थालेपछि भने किसान चिन्तित भएका छन् ।

बाँकेका गोब्रेप्रसाद बर्माले वर्षेनी श्याम जिरा धान लगाउँदै आउनु भएको छ । उत्पादन भएपछि राम्रो आम्दानी हुने भएकाले पनि बर्मा लगाएत उहाँको छिमेकीले पनि श्याम जिरा धान नै लगाएका छन् ।

खाँदा बास्नादार र स्वादिलो भएकाले यो धानको माग बढ्दो छ । त्यसैले पनि यो धानमा किसान आकर्षित छन् ।

यो धान रैथाने जातको भएकाले अन्य धानको तुलनामा उत्पादन पनि राम्रै हुन्छ । सिंचाइको सुविधा नभएको क्षेत्रमा पनि राम्रै फल्ने भएकाले खजुरा र नेपालगञ्जका किसानले यो धान लगाएका छन् ।

अन्य वर्ष उत्पादन राम्रै हुनेभए पनि यो वर्ष भने धानमा किरा लाग्न थालेको छ । धानमा किरा लागेसँगै किसान चिन्तित भएका छन् ।

श्याम जिरा धान प्रति क्विन्टल ६ देखि ७ हजार रुपैयाँमा विक्रि हुन्छ । त्यसैले किसानले यो धानबाट राम्रै आम्दानी गरिरहेका थिए । तर यो वर्ष धानमा किराको प्रकोप देखिएसँगै उनीहरुलाई पीर परेको छ ।

धान बालीमा देखिएको समस्या समाधान गर्न कसैले पहल गर्छ कि भन्ने आशा उनीहरुको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *