आर्थिक

नेपाल बैंकको खुद नाफा सामान्य घट्यो

हिमालय टिभी
२०७७ कार्तिक १५ गते १५:००
नेपाल बैंकको खुद नाफा सामान्य घट्यो

१५ कात्तिक, २०७७ काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५५ करोड ४ लाख रुपैयाँ रुपैयाँ नाफा कमाएको छ ।

यो पोहोरको तुलनामा ५ दशमलव ४० प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो ३ महिनामा नेपाल बैंकले ५८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको कर अघिको नाफा गत वर्षको तुलनामा बढी भए पनि यस अवधिमा बैंकले गत वर्षको तुलनामा बढी कर तिर्नु पर्दा उसको नाफा घटेको हो।

बैंकले यस अवधिमा २० करोड १६ लाख वर्तमान कर तिरेको छ भने २ करोड ९३ लाख स्थगित गर तिरेको छ। पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १९ करोड ६४ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २१ पैसामा झरेको छ । नेपाल बैंकको प्रतिसेयर नेटवर्थ २ सय ७३ रुपैयाँ ४९ पैसा छ । ११ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल बैंकको जगेडा कोषमा १३ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *