भारतीय सेनापतिको भ्रमणले संवादहीनतामा आइस ब्रेक हुनसक्छ : पूर्वसेनापति कटवाल (भिडियो)

१५ कात्तिक, २०७७ काठमाडौं । पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालका बारेमा दिएको गलत अभिव्यक्ति सच्याएकै कारण भ्रमण हुन लागेको बताउनुभएको छ ।
हिमालय टेलिभिजनसँगको कुराकानीमा पूर्व प्रधानसेनापति कटवालले नरवणे र भारतीय रक्षामन्त्रीले समेत गल्ती महशु गरेकाले नरवणे नेपाल आउन लागेको दाबी गर्नुभयो ।
नरवणेको भ्रमण नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेमा मात्रै सीमित नहुने कटवालको दाबी छ । भारत सरकारको सन्देश र एजेण्डा बोकेरै नरवणे आउने भन्दै कटवालले यो भ्रमणबाट दुई देशबीचको संवादहीनता तोडिने उहाँको विश्वास छ ।
भारतले अतिक्रमण गरेको भूमि नेपालकै भएको पर्याप्त प्रमाण नेपालसँग भएकाले विज्ञहरुसहितको छलफलमा ती प्रमाणहरु पनि राखेर छलफल गर्न कटवालले सरकारलाई सुझाव दिनुभएको छ ।
सेनाध्यक्ष नरवणेले नेपालले नयाँ नक्सा जारी गर्दा चीनको उक्साहटमा काम गरेको भनेर नेपालको सार्वभौमसत्ता र स्वाधीनताको अपमान गरेका थिए ।
प्रतिक्रिया