खेलकूद
इंग्लिस प्रिमियर लीग फूटबलमा वुल्भ्स विजयी
२०७७ कार्तिक १५ गते ७:५५
![इंग्लिस प्रिमियर लीग फूटबलमा वुल्भ्स विजयी](https://www.himalayatv.com/wp-content/uploads/2020/08/footbal.jpg)
१५ कात्तिक, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबल वुल्भ्स विजयी भएको छ।
प्रिमियर लीगमा गएराति वुल्भ्सले क्रिष्टल प्यालेसलाई २–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा वुल्भ्सको जितमा १९ वर्षका रायन एइत–नूरी र ड्यानिएल पोडेन्सीले एक(एक गोल गरे ।
आफ्नो डेब्यू खेलमा नूरीले १८ औं र पोडेन्सीले २७ औं मिनेटमा गोल थपेका थिए । त्यसपछि ८६ औं मिनेटमा लुका मिलिभोजेभिकले रातो कार्ड पाएपछि क्रिष्टल १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि तेस्रो स्थानमा उक्लिएको वुल्भ्सले ७ खेलबाट १३ अंक जोडेको छ । उता समान ७ खेलबाट १० अंक रहेको क्रिष्टल नवौं स्थानमा छ ।
प्रतिक्रिया