खेलकूद

आइपीएलमा पञ्जाबविरुद्ध राजस्थान रोयल्सको ७ विकेटको जित

हिमालय टिभी
२०७७ कार्तिक १५ गते ७:३४
आइपीएलमा पञ्जाबविरुद्ध राजस्थान रोयल्सको ७ विकेटको जित

१५ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) मा राजस्थान रोयल्स विजयी भएको छ ।

आईपीएल अन्तर्गत पछिल्लो खेलमा राजस्थानले किंग्स इलेभेन पञ्जाबलाई ७ विकेटले पराजित गरेको हो । १ सय ८६ रनको लक्ष्य राजस्थानले १७ दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

राजस्थानको जितमा बेन स्टोक्सले ५० तथा सञ्जु स्यामसनले ४८ रन बनाए । त्यस्तै कप्तान स्टेभेन स्मिथ ३१ रनमा अविजित रहँदा रोबिन उथप्पा ३० रनमा पेभेलिएन फर्के ।

बलिङतर्फ पञ्जाबका मुरुगन आश्विन र क्रिस जोर्डनले एक(एक विकेट हात पारे । यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो ।

पञ्जाबका क्रिस गेल ९९ रनमा आउट हुँदा कप्तान केएल राहुलले ४६ जोडे । बलिङमा राजस्थानका जोफ्रा आर्चर र बेन स्टोक्सले समान दुईदुई विकेट लिए । राजस्थानका बेन स्टोक्स म्यान अफ द म्याच भए ।

जितसँगै पाँचौं स्थानमा रहेको राजस्थानको तथा हारका बावजूद चौथो स्थानको पञ्जाबको प्लेअफ प्रवेशको सम्भावना कायमै रहेको छ ।

प्रतियोगितामा आज मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स तथा रोयल च्यालेञ्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्