नयाँ पुस्ताले स्वीकार्ला त फेरी लगाउने परम्परा ? किन लगाइन्छ फेरी ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १७:५७
नयाँ पुस्ताले स्वीकार्ला त फेरी लगाउने परम्परा ? किन लगाइन्छ फेरी ? (भिडियोसहित)

१४ कात्तिक, २०७७ रामेछाप । फेरी लगाउने परम्परा अहिले पनि गाउँघरमा कायम छ । धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परालाई योगी र जोगी समुदायले निरन्तरता दिँदै आएका छन् ।

चैत र कात्तिकमा फेरि लगाउँदै आएका उनीहरुले गत चैतमा लकडाउनका कारण फेरी लगाउन पाएका थिएनन् । अहिले कात्तिकमा भने फेरी लगाउन पाएका छन् ।

चैत र कात्तिक महिनामा घरघरमा गएर यसरी फेरी लगाउने परम्परा वर्षोदेखिको हो । तर लकडाउन र कोरोनाका कारण चैतमा जोगीहरुले फेरि लगाउन गाउँगाउँमा जान पाएनन् । तर अहिले भने जोगिहरुले फेरी लगाउन गाउँगाउँमा हिड्न पाएका छन् ।

फेरी लगाएमा घरको रक्षा हुने र भूत नआउने जनविश्वास छ । फेरी लगाउने व्यक्तिहरुलाई फेरी लगाउने घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्युलगायत दान दिने परम्परा छ ।

रातको समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी जोगीहरुले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । फेरी लगाएर मन्त्रपाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ ।

धार्मिक आस्थासँगै जोडिएको फेरी लगाउने परम्परा वर्षोदेखि जोगी , योगीहरुले निरन्तरता दिदै आएका छन् । युवा पुस्ताले भने फेरी लगाउन पेशामा त्यति धेरै चासो देखाएका छैनन् । त्यसैले आफूहरु नरहेपछि यो परम्परालाई कस्ले निरन्तरता देला भन्ने चिन्ता जोगीहरुलाई छ ।

फेरी लगाउने परम्मपरा धार्मिक विश्वाससँग जोडिएको छ । तर फेरी लगाएर मात्रै यो समुदाय माथि उठ्न सक्ने अवस्था छैन । फेरी लगाउने योगी, जोगी समुदायलाई अन्य माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिकस्तरमा सबल बनाउन भने पहल गर्न भने आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *