आर्थिक
स्टान्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई ११.८४ प्रतिशत लाभांश दिने
२०७७ कार्तिक १४ गते १३:१९

१४ कात्तिक, २०७७ काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ११ दशमलव ८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर तथा ४ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने छन् ।
स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश पोहोरको तुलनामा झण्डै आधा घटेको हो । पोहोर उसले साढे २२ प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रतिक्रिया