खेलकूद

मुम्बई आइपीएलको प्लेअफमा पुग्ने पहिलो टोली, चेन्नईसँग कोलकाता पराजित

हिमालय टिभी
२०७७ कार्तिक १४ गते ८:१८
मुम्बई आइपीएलको प्लेअफमा पुग्ने पहिलो टोली, चेन्नईसँग कोलकाता पराजित

१४ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा साविक विजेता मुम्बई प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

आइपीएल अन्तर्गत सम्पन्न पछिल्लो खेलमा पाँचौ स्थानको कोलकाता राइडर्स हारेसँगै शीर्ष स्थानको मुम्बईले प्लेअफमा स्थान पक्का पारेको हो । १२ खेलबाट मुम्बईले १६ अंक जोडेको छ ।

गएराति तालिकाको पुछारको टोली चेन्नई सुपर किंग्सले कोलकातालाई ६ विकेटले पराजित गरेको हो । १ सय ७३ रनको लक्ष्य चेन्नईले ४ विकेट गुमाएर अन्तिम बलमा भेट्टाएको थियो ।

रविन्द्र जडेजाले अन्तिम दुई बलमा लगातार दुई छक्का प्रहार गर्दै चेन्नईको जित सुनिश्चित पारेका थिए । चेन्नईका लागि रुतुराज गाइकवाडले ७२ रन बनाए ।

त्यस्तै अम्बाटी रायुडुले ३८ रन जोड्दा रविन्द्र जडेजा ३१ रनमा अविजित रहे । बलिङमा कोलकाताका प्याट कुमिन्स र वरुण चक्रवर्ती समान २(२ विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ७२ रन बनाएको थियो । उसका लागि नितिश रानाले सर्वाधिक ८७ रन जोडे ।

बलिङमा चेन्नईका लुंगी नेडीले दुई विकेट हात पारे । प्रतियोगिता अन्तर्गत आज किंग्स इलेभेन पञ्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्