खेलकूद

नेपाली राष्ट्रिय फूटबल टिमको प्रशिक्षण शुरु

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १८:३४
नेपाली राष्ट्रिय फूटबल टिमको प्रशिक्षण शुरु

१३ कात्तिक, २०७७ काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गरेको छ ।

प्रशिक्षक बालगोपाल महर्जनले टोलीलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण गराएका हुन् । कोरोनाका कारण मुख्य प्रशिक्षक योहान कालिन स्विडेनबाट आउन नसक्ने भएपछि महर्जनले प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

प्रशिक्षणका लागि बोलाइएका ३४ मध्ये ३० जना खेलाडी आज पहिलो दिनको प्रशिक्षणमा सामेल भएको एन्फाले जनाएको छ । बाँकी चार जनामा कोरोना संक्रमण पुष्टि भएकाले उनीहरु आइसोलेशनमा छन् ।

पुनःनिर्माणपछि पहिलो पटक नेपाली राष्ट्रिय टोलीले आज दशरथ रंगशालामा प्रशिक्षण गरेको हो ।

यसअघि २०१५ मा विश्वकप छनोट अन्तर्गत भारतविरुद्ध नेपालले यही रंगशालामा होम म्याच खेलेको थियो । तर सागको खेल यही भए पनि सागमा २३ वर्षमुनिको टोलीको सहभागिता थियो ।

नेपालले विश्वकप र एसिया कप छनोटको तयारीका रुपमा ब‌ंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बंगलादेशसँगको खेल कात्तिक २८ र मंसिर २ गते उसैको घरेलु मैदान बंगबन्धु रंगशाला ढाकामा हुनेछ ।

नेपाल र बंगलादेशबीच साफ च्याम्पियनसिपको समूह चरणमा खेल भएको थियो । जसमा नेपाल २(० गोलले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्