भियतनाममा मोलेभ तुफानपछि आएको बाढीपहिरोमा कम्तीमा २५ जनाको मृत्यु
१३ कात्तिक, २०७७ भियतनाम । भियतनाममा मोलेभ तूफान र त्यसपछि आएको बाढी र पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
भियतनाममा आएको मोलेभ तूफानपछिको अविरल वर्षापछि क्वाङ नामको ग्रामीण क्षेत्रमा आएको पहिरोको कारण १३ जनाको मृत्यु भएको छ । साथै पहिरो थप ४० जना हराइरहेका छन् ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार तूफानमा परेर समुद्रमा १२ जना माझीको मृत्यु भएको छ । भियतनामका उपप्रधानमन्त्री ट्रिन डिङ डुङले खराब मौसमको कारण उद्धार कार्यमा समस्या भइरहेको बताउनु भएको छ ।
उहाँका अनुसार अनुसार भियतनामले उद्धारको लागि सयौंको संख्यामा प्रहरी खटाएको छ । आँधीका कारण थप १४ जना हराइरहेका छन् ।
अक्टोबरयता तूफान, भारी वर्षा बाढीको कारण १० लाखभन्दा धेरै मानिसहरु प्रभावित भइसकेका छन् । भियतनाम सरकारका अनुसार तूफानको कारण १० लाखभन्दा धेरै मानिसहरु प्रभावित भएका छन् भने ५६ हजार घरहरु ध्वस्त भएका छन् ।
प्रतिक्रिया