खेलकूद

च्याम्पियन्स लीगमा चेल्सी, बार्सिलोना र म्यानचेष्टर विजयी

हिमालय टिभी
२०७७ कार्तिक १३ गते ८:००
च्याम्पियन्स लीगमा चेल्सी, बार्सिलोना र म्यानचेष्टर विजयी

१३ कात्तिक, २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा चेल्सी, बार्सिलोना र म्यानचेष्टर युनाइटेड विजयी भएका छन् ।

समूह इ अन्तर्गत गएराति चेल्सीले क्लब क्रास्नोदारलाई ४–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । सिजनमा पहिलो जित निकाल्ने क्रममा चेल्सीका लागि कालम हड्सन ओडोइ, टिमो वेर्नर, हाकिम जियच र क्रिष्टियन पुलिसिकले गोल गरे ।

अवे मैदानमा हड्सनले ३७ औं मिनेटमा गोल गरे । त्यसपछि ७६ औं मिनेटमा वेर्नरले पेनाल्टीमा, ७९ औं मिनेटमा जियचले र पुलिसिकले ९० औं मिनेटमा गोल थपे ।

यसै समूहको अर्को खेलमा सेभियाले रिनेसलाई १–० ले पराजित गरेको छ । चेल्सी र सेभियाको समान चार(चार अंक रहेको छ ।

उता समूह जी मा बार्सिलोनाले आफ्नो विजयी यात्रा कायमै राखेको छ । बार्सिलोनाले युभेन्टसमाथि २–० को जित निकालेको हो ।

बार्सिलोनाको जितमा खेलको १४ औं मिनेटमा ओस्माने डेम्बेले र इञ्जुरी समयमा लियोनल मेस्सीले गोल गरे । दुई खेलमा दुबै खेल जित्दै ६ अंकका साथ बार्सलोना शीर्ष स्थानमा कायमै छ । यही समूहको अर्को खेलमा डाइनाभो किभ र फेरेन्क्भारोसले २२ गोलको बराबरी खेलेका छन् ।

त्यस्तै समूह एच अन्तर्गत म्यानचेष्टर युनाइटेडले क्लब लिप्जिगलाई ५–० गोलले हरायो । घरेलु मैदानमा युनाइटेडको जितमा मार्कस राशफोर्डले ह्याट्रिक बनाए ।

त्यस्तै मासन ग्रीनउड र एन्टोनी मार्सिएलले एक(एक गोल थपे । ग्रीनउडले २१ औं मिनेटमा गोल गरे । त्यसपछि राशफोर्डले ७४ औं, ७८ औं र इञ्जुरी समयमा गोल थप्दै ह्याट्रिक पूरा गरे ।

मार्सिएलले ८७ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । लगातार दुई खेल जितेको युनाइटेड शीर्ष स्थान उक्लिएको छ । यस समूहकै अर्को खेलमा पिएसजीले इस्तानबुल बासाक्सेरलाई २–० गोलले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्