खेलकूद

आइपीएलमा मुम्बई इन्डियन्सको जित, बेंग्लोर ५ विकेटले पराजित

हिमालय टिभी
२०७७ कार्तिक १३ गते ७:४२
आइपीएलमा मुम्बई इन्डियन्सको जित, बेंग्लोर ५ विकेटले पराजित

१३ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा शीर्ष स्थानको मुम्बई इण्डियन्स विजयी भएको छ ।

आइपीएल अन्तर्गत गएराति मुम्बईले दोस्रो स्थानको बेंग्लोरमाथि ५ विकेटको जित निकालेको हो । १ सय ६५ रनको लक्ष्य साविक विजेता मुम्बईले १९ दशमलव १ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

मुम्बईको जितमा सूर्यकुमार यादवले अविजित ७९ रन बनाए । त्यस्तै इशान किशन २५, क्विन्टन डिकक १८ तथा हार्दिक पाण्ड्या १७ रनमा पेभेलिएन फर्के ।

बलिङमा बेंग्लोरका मोहम्मेद सिराज र युजभेन्द्र चहेलले समान दुई(दुई विकेट लिए ।

यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । बेंग्लोरका देवदत्त पडीक्कलले ७४ रन बनाए । बलिङमा मुम्बईका जसप्रित बुमराहले तीन विकेट हात पारे ।

प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्