आर्थिक
पिउने पानीमा त्रिशुली मिनरलको यस्तो लापरबाही र ठगी
२०७७ कार्तिक १२ गते १८:५४
१२ कात्तिक, २०७७ काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको मनमैजुस्थित त्रिशुली मिनरल एण्ड बेभरेज प्रालिलाई कारबाही गरेको छ ।
विभागमा परेको उजुरीका आधारमा अनुगमन गर्दा यो कम्पनीले इजाजतबिनै भूमिगत पानी तानेर जार तथा बोटलमा हाली बजार पठाउने गरेको भेटिएको हो ।
पानी उद्योग संचालनको अनुमति नलिएको र गुणस्तरहीन पानी बेच्ने उक्त कम्पनीलाई विभागले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
गतहप्तामात्र विभागको टोलीले टोखा नगरपालिकामा अनुगमन गर्दा शुभलक्ष्मी फुड एण्ड बेभरेज प्रालिले उद्योग दर्ता र खाद्य अनुज्ञापत्रबिना भूमिगत पानी तानी बिक्री वितरण गरिरहेको भेटिएको थियो। पछिल्लो २ महिना अवधिमा मात्र विभागले करिब ५ दर्जन पानी उद्योगलाई कारबाही गरेको जनाएको छ ।
प्रतिक्रिया