खेलकूद

भोलिदेखि राष्ट्रिय फूटबल टिमको औपचारिक रुपमा प्रशिक्षण

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १८:१०
भोलिदेखि राष्ट्रिय फूटबल टिमको औपचारिक रुपमा प्रशिक्षण

१२ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रिय फूटबल टिमले भोलिदेखि औपचारिक रुपमा प्रशिक्षण सुरु गर्ने भएको छ।

कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि अवरुद्ध राष्ट्रिय टिमको प्रशिक्षण भोलिदेखि पुनः संचालन हुन लागेको हो । कात्तिक २८ गते र मंसिर २ गते नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

सोही खेलका लागि नेपालले छोटो समयको तयारी गर्न लागेको हो । खेलाडी आजसम्म काठमाडौं आइपुग्ने र भोलिदेखि प्रशिक्षण सुरु हुने एन्फाले जनाएको छ । अहिले मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमै रहेका कारण पूर्व प्रशिक्षक बालगोपाल महर्जनलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ ।

महर्जनकै प्रशिक्षणमा नेपालले बंगलादेशमा दुईवटा खेल खेल्नेछ । खेलाडीलाई दशरथ रंगशालामा प्रशिक्षण गराउने तयारी गरिएको पनि एन्फाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्