आर्थिक

चरन अभाव झेल्दै रामेछापका चौंरी पालक किसान, चरन क्षेत्र व्यवस्था गर्न माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १४:४८
चरन अभाव झेल्दै रामेछापका चौंरी पालक किसान, चरन क्षेत्र व्यवस्था गर्न माग (भिडियोसहित)

१२ कात्तिक, २०७७ रामेछाप । रामेछापको लेकमा वषौंदेखि चौरी पालन भैरहेको छ । तर पछिल्लो समय चरिचरन क्षेत्रको अभाव हुँदा चौंरी गाई लोप हुने अवस्थामा पुगेको छ ।

रामेछापको दोरम्बा गाउँ पालिकाको शैलुङ्ग र उमाकुण्ड गाउँपालिकाको गुम्देलका बासिन्दाको मुख्या पेशा चौंरी पालन हो । तर पछिल्लो समय उनीहरु चौंरी गाई पालन नै नगर्ने हो कि भन्ने मनस्थितिमा पुगेका छन् । त्यसको मुख्य कारण हो चरिचरनको अभाव । चरिचरनको अभाव हुँदै गएपछि पुस्तौदेखि गर्दै आएको यो पेशाप्रति उनीहरुको निराशा बढ्दै गएको छ ।

चौंरीका लागि लेकाली क्षेत्रको जंगलमा गोठ बनाएर त्यही घाँस पानी गर्ने गरिन्छ । तर वर्षादको समयमा घाँसका लागि जंगलमा सजिलो हुने भए पनि हिउँदमा भने चौंरीलाई खुवाउने घाँस पर्याप्त हुँदैन । अहिले अधिकांश वन सामुदायिक वन कायम भएकाले पनि किसानलाई समस्या भएको छ ।

यसले गर्दा चौंरी किसान चिन्तित मात्रै होइन, उनीहरुको स्थानीय सरकारसँग पनि आफ्नो समस्यामा ध्यान नदिएको भन्दै गुनासो छ । स्थानीय सरकारले भने उनीहरुको चरन र व्यवस्थापनको समस्या समाधान गर्न बजेट विनियोजन गरिसकेको बताएको छ ।

यो क्षेत्रका किसानको मुख्य पेसा नै चौंरी पालन हो । यो क्षेत्रमा आलु बाहेक अन्य अन्नबाली नहुने भएकाले चौंरीबाट बनेको दुध, घयू, छुुर्पी, चिज विक्रीवितरण गर्छन् र आफ्नो जीविकोपार्जन गर्छन् । त्यसैले पनि चौंरी गाई पालनका लागि चरन क्षेत्रको व्यवस्थापन गर्न उनीहरुको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *