खेलकूद

च्याम्पियन्स लीगमा वायर्न म्युनिख, म्यानचेष्टर सिटी र लिभरपुल विजयी

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १२:१८
च्याम्पियन्स लीगमा वायर्न म्युनिख, म्यानचेष्टर सिटी र लिभरपुल विजयी

१२ कात्तिक, २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा वायर्न म्युनिख, म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

समूह ए अन्तर्गत गएराति बायर्नले लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै आफ्नो अपराजित यात्रालाई १३ औं खेलसम्म पुर्‍याएको छ । अवे मैदानमा लियोन गोरेट्काले वायर्नलाई १३ औं मिनेटमै अग्रता दिलाएका थिए ।

तर मस्कोका एन्टोन मिरानचुकले ७० औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । त्यसपछि वायर्नका जोशुआ किमिचले ७९ औं मिनेटमा विजयी गोल गरे ।

जितसँगै दुई खेलमा शतप्रतिशत जित निकालेको बायर्नले ६ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा एट्लेटिको मड्रिडले रेडबुल साल्जवर्गमाथि ३–२ गोलले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

उता समूह सी मा म्यानचेष्टर सिटीले पनि आफ्नो विजयी यात्रा कायमै राखेको छ । सिटीले मार्सेलाई ३० ले पराजित गरेको हो । सिटीको जितमा फेरान टोरेस, इल्के गुण्डोगान र रहीम स्टर्लिङ्गले गोल गरे ।

१८ औं मिनेटमा टोरेसले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि सिटीका लागि ७६ औं मिनेटमा गुण्डोगान र ८१ औं मिनेटमा स्टर्लिङ्गले गोल थपे । लगातार दुई खेलमा जित निकालेको सिटी ६ अंकसहित शीर्ष स्थानमा छ । सोही समूह अन्तर्गत भएको खेलमा एफसी पोर्टोले ओलम्पिकासलाई २–० ले पराजित गरेको छ ।

त्यस्तै समूह डी अन्तर्गत लिभरपुलले एफसी मिज्जिल्याण्डलाई २–० ले हराएको हो । घरेलु मैदानमा लिभरपुलको जितमा डिओगो जोटा र मोहमेद सलाहले एक(एक गोल गरे ।

५५ औं मिनेटमा जोटा र इञ्जुरी समयको तेस्रो अर्थात ९३ औं मिनेटमा पाएको पेनाल्टीमा सलाहले गोल गरेका थिए । दुई खेलमा दुबै खेल जितेको लिभरपुल ६ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । यस समूहकै अर्को खेलमा एट्लान्टा र आयक्सले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

लीग अन्तर्गत समूह बी को खेलमा रियल मड्रिड र बोरुसिया मोन्चेनग्लाडबाकले अनि एट्लान्टा र आयाक्सले समान २–२ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्