बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ११ गते १९:०९
बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

११ कात्तिक, २०७७ बर्दिया । मधुवन नगरपालिका–३ मा बाघको आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।

धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *