आर्थिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउने प्रविधि जडान गरिँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ११ गते १६:४०
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउने प्रविधि जडान गरिँदै (भिडियोसहित)

११ कात्तिक, २०७७, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल सञ्चालनमा आएपछि पोखराको महत्व अझै बढ्ने अनुमान गरिएको छ । तर नजिकै रहेको डम्पिङ साइडका कारण विमानस्थल जोखिममा परेकोतर्फ भने कसैको ध्यान जान सकेको छैन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माण सँगसँगै यहाँबाट हुने हवाई उडानलाई सुरक्षित बनाउने अरु काम पनि भइरहेका छन् । तर पोखरा महानगरपालिका वडा नम्बर १४ बाच्छेबडुवामा रहेको डम्पिङ साइटबाट हुने जोखिममा भने खासै ध्यान जान सकेको छैन् ।

अन्तर्राष्ट्रिय मान्यता अनुसार विमानस्थलबाट ५ किलोमिटरभित्र डम्पिङ साइट हुनुहुँदैन । तर यो डम्पिङ साइट विमानस्थलबाट ५ किलोमिटर भित्रै पर्छ । विमानस्थलबाट डम्पिङ साइट नजिक हुँदा चिल, गिद्ध लगायतका चराचुरुङुगीबाट हवाई उडान जोखिममा पर्न सक्छ ।

त्यसैले पनि यो ठाउँबाट डम्पिङ साइट हटाउनुपर्ने देखिन्छ । र यसका लागि पोखरा महानगरपालिकाले नयाँ डम्पिङ साइट खोजिरहेको छ । बाच्छेडाँडाँमा रहेको डम्पिङ साइटको विकल्पमा माछापुच्छ्रे गाउँपालिकाको सार्दिखोलामा नयाँ डम्पिङ साइट बनाउने महानगरको योजना छ ।

तत्काल डम्पिङ साइट नहटे पनि चराचुरुङी धपाउन अन्य उपाय अपनाइने छ । अहिले धेरैतिर विमानस्थल वरिपरीबाट चराचुरुङ्गी धपाउने डिभाइसको प्रयोग गरिन्छ । त्यसैले पोखरा विमानस्थलमा त्यो डिभाइस राख्ने तयारी छ ।

यसै पनि पोखरामा आगन्तुक चराहरुको चहलपहल बढी हुनेगर्छ । तर फोहोरको थुप्रोमा चराचुरुङ्गी धेरै हुन्छन् । तिनले विमानस्थल आसपासमा जोखिम बढाउने भएकाले त्यसको व्यवस्थापनका लागि हाल रहेको डम्पिङ साइटलाई तत्काल हटाउनु नै दिगो समाधान हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *