आइपीएलमा पञ्जाबको प्लेअफ प्रवेशको सम्भावना कायमै, कोलकाता ८ विकेटले पराजित
११ कात्तिक, २०७७, काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा किंग्स इलेभेन पञ्जाबले प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ ।
आइपीएल अन्तर्गत पञ्जाबले गएराति कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो । १ सय ५० रनको लक्ष्य पञ्जाबले १८ दशमलव ५ ओभरमा मात्र २ विकेटको नोक्सानीमा भेट्टाएको थियो ।
पञ्जाबका मंदीप सिंह ६६ रनमा अविजित रहे । त्यस्तै क्रिस गेलले ५१ तथा कप्तान केएल राहुलले २८ रन जोडे ।
यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङ गर्दै कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
उसका लागि शुभम गीलले ५७ तथा कप्तान इयोन मोर्गनले ४० रन बनाए । बलिङमा पञ्जाबका मोहम्मद सामीले ३ तथा क्रिस जोर्डन र रवि विश्नोइले समान दुई(दुई विकेट लिए ।
प्रतियोतामा लगातार पाँच खेल जित्दै पञ्जाब तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
प्रतियोगता अन्तर्गत आज दोस्रो स्थानको दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ ।
प्रतिक्रिया