खेलकूद
इंग्लिस प्रिमियर लीग फूटबलमा टोटेनह्याम विजयी
२०७७ कार्तिक ११ गते ७:५६
११ कात्तिक, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा टोटेनह्याम विजयी भएको छ ।
प्रिमियर लीग अन्तर्गत गएरातिको खेलमा टोटेनह्यामले बर्नलीलाई १-० ले पराजित गरेको हो । अवे मैदानमा टोटेनह्यामका लागि सन ह्यूङ मिनले गरेको गोल नै निर्णायक रह्यो ।
उनले ७६ औं मिनेटमा गोल गर्न सफल रहे । ह्यारी केनको सहयोगमा मिनले गोल गरेका थिए । जितसँगै टोटेनह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने बर्नली १८औं स्थानमा छ ।
प्रिमियर लीग अन्तर्गत गएराति नै भएको अर्को खेलमा ब्राइटन र वेष्ट ब्रोमले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया