कोरोना संक्रमणका कारण तनहुँका ५० वर्षीय पुरुषको मृत्यु
२०७७ कार्तिक १० गते १८:२१
१० कात्तिक, २०७७ दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
ती पुरुषमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषमा निमोनिया लगायतको समस्या थियो ।
योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ ।
प्रतिक्रिया