आर्थिक

कोरोना महामारी अन्त्यको प्रतीक्षामा पोखराका बञ्जिजम्प र केवलकार परियोजना (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १० गते १८:०६
कोरोना महामारी अन्त्यको प्रतीक्षामा पोखराका बञ्जिजम्प र केवलकार परियोजना (भिडियोसहित)

१० कात्तिक, २०७७। पोखरा । पर्यटन क्षेत्र कोरोना महामारीले सबैभन्दा बढि प्रभावित छ । महामारीका कारण बन्द भएको पर्यटन क्षेत्रको अर्बौं लागानी जोखिममा परेको छ ।

बर्षौदेखि जमेका व्यवसायी अहिले धरमराएका छन् । कतिले व्यवसायनै छाडेर नयाँ गन्तब्य रोजिसके । पोखरामा निर्माणको अन्तिम चरणमा रहेका नयाँ पर्यटकीय गन्तब्य कोरोना महामारीले झनै प्रभावित भएका छन् ।

पोखरा फेवा किनार सेतिदेखि सराङकोट जोड्ने केवलकार निर्माणको ९८ प्रतिशत काम सकिएको छ । गएको बैशाखमा संचालन गर्ने तयारी रहे पनि कोरोना महामारिका कारण केबलकार कहीँलेबाट संचालनको टुंगो छैन ।

पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपैरोमा रहेको बन्जि निर्माण सकेर संचालनको प्रकृयामा थियो । बन्जि नेपाल एड्भेन्चर्स प्रालिले निर्माण गरेको बन्जि गएको बैशाखमा सञ्चालनको तयारीमा थियो । कोरोना महामारीका कारण चैत्रमा लकडाउन भएपछि बन्जि सञ्चालनमा आउन सकेन । लम्बिदो कोरोना संक्रमणले संचालन मिति अझै अनिश्चित छ ।

८ करोड रुपैयाँको लागत अनुमान रहेको बन्जि बैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने भनिए पनि कोरोनाको कारण लगानी समेत बढेको छ ।

यस्तै, पोखरामा अर्को पर्यटकीय गन्तब्य अन्नपूर्ण केवलकार पनि निर्माणको अवस्थामा छ । पोखरा फेवा किनार सेतिदेखि सराङकोट जोड्ने केवलकार निर्माणको ९८ प्रतिशत काम सकिएको छ । गएको बैशाखमा संचालन गर्ने तयारी रहे पनि कोरोना महामारिका कारण केबलकार कहीँलेबाट संचालनको टुंगो छैन । केबल तान्ने र गोन्डोला झुण्ड्याउने काम बाँकी छ । त्यसका लागि जापानदेखि नै कामदार ल्याउनुपर्ने भएकाले केही समय लाग्ने कम्पनीको भनाइ छ ।

शुरुआतमा आयोजनाले १ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरे पनि सञ्चालन मिति टर्दै जाँदा लागतसमेत बढेको संचालक बताउँछन् । कोरोना महामारिको चपेटामा परेको यो आयोजना जापानबाट प्राविधिक आएर काम सुरु गरेको एक महिनामा संचालनमा आउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *