सप्तरीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १० गते १७:५९
सप्तरीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

१० कात्तिक, २०७७ सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा साइकल चालक मोरङ उर्लाबारी नगरपालिका निवासी ५५ बर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका ७ निवासी मुकेश सिंहको मृत्यु भएको उहाँले बताउनु भयो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी नगरपालिका ७ का २५ बर्षीय अनिलकुमार यादव घाइते छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *