खेलकूद

आइपीएलमा राजस्थान विजयी, शीर्ष स्थानको मुम्बई ८ विकेटले पराजित

हिमालय टिभी
२०७७ कार्तिक १० गते ७:४३
आइपीएलमा राजस्थान विजयी, शीर्ष स्थानको मुम्बई ८ विकेटले पराजित

१० कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ ।

राजस्थानले शीर्ष स्थानको मुम्बई इण्डियन्समाथि ८ विकेटको जित निकालेको हो । १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा मात्र दुई विकेटको नोक्सानीमा भेट्टायो । उसका लागि बेन स्टोक्सले अविजित १ सय ७ रन बनाए ।

त्यस्तै सञ्जु स्यामसन ५४ रनमा नटआउट रहे । बलिङमा मुम्बईका जेम्स प्याटिसनले दुई विकेट लिए ।

यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सावित विजेता मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो ।

मुम्बईका लागि हार्दिक पाण्डय ६० रनमा अविजित रहँदा सूर्यकुमार यादवले ४० रन बनाए । त्यस्तै इशान किशन ३७ तथा सौरभ तिवारी ३४ रनमा पेभेलिएन फर्के । बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले समान दुई-दुई विकेट लिए ।

राजस्थानका बेन स्टोक्स म्यान अफ द म्याच चुनिए । यसअघि हिजै भएको पहिलो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ८ विकेटले नै पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र किंग्स एलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्