आर्थिक

दशैंको टीकाको पूर्वसन्ध्यामा फलफूल भाउ महंगियो

हिमालय टिभी
२०७७ कार्तिक ९ गते १७:३३
दशैंको टीकाको पूर्वसन्ध्यामा फलफूल भाउ महंगियो

९ कात्तिक, २०७७ काठमाडौं। दशैंको टीकाको दिनको पूर्वसन्ध्यामा फलफूल महँगो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले ३ सय रुपैयाँसम्म पर्ने गरेको छ ।

अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन् । चाडपर्वका बेला फलफूल, मिठाई, माछामासुलगायतको खपत बढी हुन्छ ।

त्यसैले यो समयमा त्यस्ता वस्तुहरुको मूल्य पसल नै पिच्छे फरक पर्ने गरेको देखिन्छ । सरकारले आफ्नो उपस्थिति बजारमा नदेखाउँदा पसलैपिच्छे मूल्यमा फरक परेको उपभोक्ताको गुनासो छ ।

व्यापारीहरुले भने होलसेलमा नै फलफूलको भाउ महँगो भएको बताएका छन् । होलसेलरहरुले नै मुल्यमा एकरुपता नगर्दा भाउ फरक फरक परेको बताएका छन् । होलसेलमा नै महँगो परेकाले आफूहरुले महँगो नै बेच्नु परेको उनीहरुको भनाइ छ ।

कालीमाटी फलफूल तथा तरकारी बाजार विकास समितिले आज केजी स्याउको मूल्य औषतमा २ सय ४५ रुपैयाँ देखि ३ सय १० रुपैयाँ तोकेको छ ।

त्यस्तै केरा प्रति दर्जन औषतमा ८५ रुपैयाँ र सुन्तला प्रति केजी ४८ रुपैयाँ थोक मूल्य तोकेको छ । भारतीय सुन्तला भने प्रति केजी १ सय ५ रुपैयाँ रहेको छ । त्यस्तै अनार ३ सय १० रुपैयाँ प्रतिकेजी रहेको छ । तर खुद्रामा भने यसको दोब्बर तिर्नु परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *