आर्थिक

यो वर्ष महानवमीमा पनि बिकेन कुभिण्डो, घट्यो भाउ (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ९ गते १३:३१
यो वर्ष महानवमीमा पनि बिकेन कुभिण्डो, घट्यो भाउ (भिडियोसहित)

९ कात्तिक, २०७७ काठमाडौं । बजारमा कुभिण्डोको माग कम भएपछि यो वर्ष महानवमीमा पनि मूल्य सस्तिएको छ ।

कोभिड संक्रमणका कारण मठमन्दिर लगायत शक्तिपीठहरुमा पूजाआजा गर्न रोक लगाइएपछि कुभिण्डोको माग घटेको छ । माग घटेपछि मूल्य पनि घटेको छ ।

गत वर्ष एउटा कुभिण्डो झण्डै ४ सय रुपैयाँमा विक्री भएको तर यस वर्ष १ सय देखि १ सय ५० रुपैयाँमा पनि विक्री हुन नसकेको व्यपारीहरुले बताएका छन् ।

कोभिड संक्रमणको जोखिमका कारण मठमन्दिरहरु सर्वसाधारणका लागि बन्द छन् । नवरात्रीमा मन्दिर गई कुभिण्डोको विधिपूर्वक पूजाआजा गरी देवीदेवतालाई चढाउने चलन छ ।

तर भक्तालुका लागि मठमन्दिरमा पूजाआजा गर्न रोक लगाइएपछि यस वर्षको दशैंमा कुभिण्डोको माग घटेको छ ।

कुभिण्डो खासगरी नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्न र नवमीको दिन पशु बलि नदिनेहरुले कुभिण्डो बलि दिनका लागि प्रयोग गर्ने चलन छ । तर अहिले मन्दिरमा पूजा नै गर्न नपाएपछि कुभिन्डो बिक्री नै नभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *