आर्थिक

सयपत्री बारीमै सुक्ने काठमाडौं आसपासका किसानको चिन्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ९ गते १३:०९
सयपत्री बारीमै सुक्ने काठमाडौं आसपासका किसानको चिन्ता (भिडियोसहित)

९ कात्तिक, २०९९ काठमाडौं । काठमाडौं आसपासका किसान तिहारसम्ममा बारीको सयपत्री सुक्ने भन्दै चिन्तित देखिएका छन् ।

यसवर्ष अधिकमास परेका कारण दशैं र तिहार झण्डै एक महिना पछाडि सरेको छ । पोहोर परार यतिबेला तिहारको रमझम हुने गरेको थियो ।

तर यसपाली हामी दशैं मनाउँदैछौँ । त्यसैले तिहारमा प्रयोग हुने फूल यसपाली दशैंमा नै फुलेको छ । बारीको फूल बेच्न चाहे पनि किसानले अहिले बेच्न सकेका छैनन् ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ । यसबाहेक काठमाडौंका साना ठूला मन्दिरहरुमा चाडपर्व बाहेक दिनहुँ हुने नित्य पूजा र दर्शनार्थीले प्रयोग गर्ने फुल उपत्यकाको काँठ क्षेत्रबाट आउँदछ ।

तर यस वर्ष कोरोना संक्रमणका कारण अधिकांश मठमन्दिर दर्शनार्थिका लागि बन्द हुँदा पनि फूलको व्यापारमा असर परेको छ । काठमाडौं उपत्यका वरपरका इ‌चंङ्गु, दक्षिणकाली छैमले भक्तपुरको गुण्डुलगायतका क्षेत्रमा फूल खेति हुन्छ ।

किसानले सयपत्री, मखमली र गोदावरी फूल उत्पादन गर्दै आएका छन् । व्यवसायिक रुपमा फूल खेतिगर्दै आएका किसानहरु पनि फूलविक्री नभएपछि चिन्तित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *