समाज
बाँकेमा थप १५७ जना कोरोना संक्रमित डिस्चार्ज
२०७७ कार्तिक ९ गते १२:५५
९ कात्तिक, २०७७, बाँके । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमणपछिआइसोलेसन सेन्टरमा बसेका १ सय ५७ जना आज डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले विभिन्न बाँकेका विभिन्न आइसोलेसनमा रहेका १ सय ५७ जना संक्रमणमुक्त भएपछि डिस्चार्ज भएको जानकारी दिनुभयो ।
फोकल पर्सन श्रेष्ठले बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा अझै पनि ४ सय ३३ जना रहेका छन् ।
प्रतिक्रिया