खेलकूद

पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडसँग बार्सिलोना पराजित

हिमालय टिभी
२०७७ कार्तिक ९ गते ७:५१
पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडसँग बार्सिलोना पराजित

९ कात्तिक, २०७७ काठमाडौं । सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमै रियलले बार्सिलोनालाई ३–१ गोलले स्तब्ध बनाएको हो । खेलको पाँचौं मिनेटमै फेदेरिको भेल्भार्देले गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए ।

तर आठौं मिनेटमा बार्सिलोनाका अन्सु फाटीले गोल गर्दै खेल एकएक गोलको बराबरी गरे । त्यसपछि पहिलो हाफमा कुनै गोल नभए पनि रियलले दोस्रो हाफमा थप दुई गरेको थियो ।

उसका लागि ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत र ९० औं मिनेटमा लुका मोड्रिकले गोल थपेका थिए ।

उता बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले हारका लागि भिडियो असिष्टेन्ट रेफ्रीलाई दोष देखाएका छन् । भिएआरको प्रयोग रामोसलाई पेनाल्टी दिनका लागि मात्रै भएको उनको आरोप छ ।

जितसँगै रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ६ खेलबाट चार खेल जितेको रियलको १३ अंक रहेको छ । उता प्रतियोगितामा दोस्रो हार व्यहोरेको बार्सिलोना ५ खेलमा ७ अंक जोड्दै तालिकाको दशौं स्थानमा छ।

ला लिगा अन्तर्गत नै गएराति सम्पन्न अन्य खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २–० ले हराउँदा ओसासुनाले एथ्लेटिको बिल्बाओलाई र इबरले सेभियालाई समान १–० गोलले पराजित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्