खेलकूद

आइपीएलमा पञ्जाबले चौथो जित निकाल्दा हैदराबाद १२ रनले पराजित

हिमालय टिभी
२०७७ कार्तिक ९ गते ७:४३
आइपीएलमा पञ्जाबले चौथो जित निकाल्दा हैदराबाद १२ रनले पराजित

९ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले लगातार चौथो जित निकालेको छ ।

आइपीएल अन्तर्गत सम्पन्न पछिल्लो खेलमा पञ्जाबले सनराइजर्स हैदराबादमाथि १२ रनको जित निकालेको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ दशमलव ५ ओभरमा १ सय १४ रनमै अलआउट भएको थियो ।

उसका लागि कप्तान डेविड वार्नरले ३५, विजय शंकरले २६, जोन्नी बेरिष्टोले १९ तथा मनिष पाण्डेले १५ रन बनाए । हैदराबादका ५ जना ब्याट्सम्यान शुन्य रन मात्र बनाउन सके । बलिङमा पञ्जाबका आर्शदीप सिंह र क्रिस जोर्डनले समान ३(३ विकेट हात पारे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियो । पञ्जाबका निकोलस पुरन ३२ रनमा नटआउट रहे ।

त्यस्तै कप्तान केएल राहुलले २७ रन बनाउँदा क्रिस गेल २० रनमा आउट भए । बलिङमा हैदराबादका संदीप शर्मा, ज्यासन होल्डर र राशिद खानले समान दुई(दुई विकेट लिए ।

यसअघि हिजै भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले हराएको थियो ।

प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्जर्स बेंग्लोर र चेन्नई सुपर किंग्स तथा शीर्ष स्थानको मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्