आर्थिक

दशैँका बेला पनि सुनसान छ भृकुटी मण्डपको बजार (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ८ गते २०:३८
दशैँका बेला पनि सुनसान छ भृकुटी मण्डपको बजार (भिडियोसहित)

८ कात्तिक, २०७७ काठमाडौं । यतिबेला बजारमा नयाँ लुगा किन्नेको भिडभाड हुने समय हो । यो वर्ष भने बजार सुनसान छ । वर्षेनी भिडभाड हुने बजार सुनसान हुँदा, व्यवसायी ग्राहक कुरेर बसिरहेका छन् ।

यतिबेला भृकृटीमण्डपमा दशैंका लागि नयाँनयाँ लुगा आएका छन् । नयाँनयाँ लुगा आए पनि यहाँ छिटपुट बाहेक ग्राहक छैनन् ।

दशैंमा भृकुटीमण्डप किनमेलका लागि भीड हुने ठाउँ हो, दशैंमा त अझ बढी हुन्छ । भृकुटीमण्डप अरु ठाउँभन्दा सस्तो बजार पनि हो त्यसैले यहाँ ग्राहकको आकर्षण हुन्छ ।

पोहोर परार दशैंमा नयाँ कपडा किन्नेको घुइँचोले व्यापारीलाई भ्याइनभ्याई हुन्थ्यो । तर दशैंको आठौं दिन बितिसक्दासमेत भृकुटीमण्डपमा कपडा किन्नेको संख्या न्यून छ ।

भृकृटी मण्डप मात्रै होइन, यो वर्ष हरेक व्यवसाय यस्तै छ । आशा गरौं छिटै कोरोना कहर जितेपछि सबैतिर चहलपहल छाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *