नेपाल छिर्न नपाएपछि भारतीयले दशगजामा गरे चक्काजाम (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ६ गते २०:२५
नेपाल छिर्न नपाएपछि भारतीयले दशगजामा गरे चक्काजाम (भिडियोसहित)

६ कात्तिक, २०७७ पर्सा । भारतले एकतर्फी रुपमा सीमा नाका खोल्दा वीरगञ्ज– रक्सौल नाकामा तनाव भएको छ । भारतले नाका खुल्ला गरी नेपाल प्रवेश दिएपछि भारतबाट मान्छे नेपाल प्रवेश गरेका छन् ।

तर नेपालको सिमानामा सुरक्षाकर्मीले छिर्न नदिएपछि उनीहरुले दशगजामा नाराबाजी र चक्काजाम गरे ।

उनीहरुले वीरगञ्ज रक्सौल सीमाको मितेरी पुलमा अवरोधसमेत गरे । यहाँ भारतबाट नेपाल प्रवेश गर्नेको भीड छ । भारतले आफ्नो नाकाबाट नेपाल प्रवेश गर्न दिएपछि उनीहरु यहाँ आइपुगेका हुन् । तर नेपाली सुरक्षाकर्मीले भारतबाट आउने नेपाली नागरिकबाहेक अरुलाई प्रवेश दिएका छैनन् । त्यसैले उनीहरु यहाँ जम्मा भएका छन ।

भारतले सीमा खुल्ला गरेको सुनेपछि धेरै भारतीय नेपाल आउन चाहेका थिए । तर उनीहरुलाई नेपाली सुरक्षाकर्मीले आउन दिएनन् । त्यसैले उनीहरु भारततिरै फर्के ।

भारतले नेपालीलाई पनि प्रवेश दिएको छ । त्यसैले भारतको रक्सौलमा किनमेल गर्न जानेको पनि ताँती लागेको छ ।

नेपालका अत्यावश्यक सेवामा काम गर्ने र उपचारका लागि आउनेले भने सहज प्रवेश पाउँछन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले अरुका हकमा सरकारको यसअघिको निर्णय अनुसार कात्तिक ३० गतेसम्म सिमा नाका बन्द नै रहने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *