फिफा वरियतामा नेपाल १७०औं स्थानमा यथावत्

६ कात्तिक, २०७७ काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अक्टोबर महिनाको वरियता सार्वजनिक गरेको छ । जसमा नेपाल १ सय ७० औं स्थानमा यथावत छ ।
नेपालले ९ सय ७४ अंक पाएको छ । कोरोनाका कारण सात महिनादेखि फुटबल गतिविधि रोकिँदा नेपालले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन् ।
तर विश्वकप तथा एसियाकप छनोट खेल्ने तयारीमा रहेको नेपालले कात्तिक २८ गते र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
वरियतामा दक्षिण एसियाली राष्ट्रतर्फ भने भारत पहिलो र माल्दिभ्स दोस्रो स्थानमा छ । नेपाल भन्दा पछि भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् ।
विश्व वरियताको शीर्ष ५ स्थानसम्म पछिल्लो वरियताकै टोली यथास्थानमा छन् । बेल्जियम वरियताको शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो, ब्राजिल तेस्रोमा , इङ्ल्याण्ड चौथो र पाँचौ स्थानमा पोर्चुगल छ ।
प्रतिक्रिया