च्याम्पियन्स लीगमा साविक विजेता वार्यन म्युनिखको शानदार शुरुवात

६ कात्तिक, २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा साविक विजेतमा वायर्न म्युनिखले शानदार शुरुवात गरेको छ ।
लीग अन्तर्गत आफ्नो पहिलो खेलमा जर्मन क्लब वायर्नले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ४–० गोलको जित निकालेको हो ।
समूह ए अन्तर्गत वायर्नको जितमा किंग्सले कोम्यानले दुई तथा लियोन गोरेट्जा र कोरेन्टिन टोलीसोले एक(एक गोल थपे । कोम्यानले खेलको २८औं र ७२औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै गोरेट्जाले ४१ औं र टोलीसोले ६६ औं मिनेटमा गोल थपे । लीग अन्तर्गत नै गएराति भएका अन्य खेलमा म्यानचेष्टर सिटी र लिभरपुलले पनि विजयी शुरुवात गरेका छन् ।
समूह सी को खेलमा सिटीले पोर्टोमाथि ३–१ गोलको जित निकाल्दा समूह डी मा लिभरपुलले अजाक्सलाई १–० गोलले हरायो ।
उता समूह बी अन्तर्गत गएराति नै भएको अर्को खेलमा शाक्टर डोनेस्कले रियल मड्रिडलाई ३२ गोलले स्तब्ध बनायो ।
प्रतिक्रिया