आर्थिक
नेप्से झण्डै १४ अंकले बढ्यो, एनआइसी एसिया बैंकमा झुम्मिए लगानीकर्ता
२०७७ कार्तिक ५ गते १७:१६
५ कात्तिक, २०७७ काठमाडौं । कारोबार भएकामा धेरैजसो कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से आज पनि बढेको छ ।
हिजो १३ अंकले बढेको नेप्से आज पनि १३ दशमलव ९४ अंकले उकालो लागेको छ । नेप्से १५ सय ९७ दशमलव ७१ विन्दुमा उक्लिएको छ ।
कारोबार भएकामा आज होटल, जलविद्युत, वित्त र उत्पादन तथा प्रशोधन समूह घटे पनि अरु सबै समूहको सूचक बढेकाले समग्रमा नेप्से पनि बढेको हो ।
नप्सेसँगै आज कारोबार रकम पनि ३६ करोड रुपैयाँ बढेको छ । आज १ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
२० प्रतिशत लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको शेयरमा आज लगानीकर्ताको आकर्षण रह्यो । ४ प्रतिशत भन्दा धेरै भाउ बढेको एनआईसी एशिया बैंकको आज २४ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
प्रतिक्रिया