महोत्तरीको जलेश्वरमा कुहिएको मासु बेचेको फेला

५ कात्तिक, २०७७, महोत्तरी । महोत्तरी जलेश्वरका मासु पसलले कुहिएको मासु बेचेको पाइएको छ । मासु पसल अस्तव्यस्त र घिनलाग्दो अवस्थामा भेटिएका छन् ।
अनुगमनका क्रममा जलेश्वरका अधिकांश मासु पसल घिनलाग्दो, मापदण्ड पूरा नगरेको अवस्थामा भेटिएको र कुहिएको मासुसमेत बेचेको पाइएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रले जनाएको छ ।
अनुगमन टोलीले मासु पसल तत्काल मापदण्ड पुरा गरी २१ दिनभित्र दर्ता गरिसक्न र बध स्थल र बेच्ने स्थलसमेतमा पूर्ण सरसफाई गर्न निर्देशन दिएको छ ।
जलेश्वर नगरपालिकाले लाखौको लागतमा संचालनमा ल्याएको पशु बधशालासमेत प्रयोगविहीन देखिएको छ । बधशालामा एक जनाले मात्र पसल संचालन गरेको पाइएको छ भने बधशालाभित्र बजारमा राखिएको मासु पसलभन्दा बढी फोहोर छ ।
बधशालामै संचालनमा रहेको मासु पसलका संचालकले नगरपालिकाले कहिल्यै पनि सरसफाई नगरिदिएको र आफुले सक्ने जति गरिरहेको बताएका छन ।
प्रतिक्रिया