आर्थिक

फ्रान्सेली कम्पनीलाई २० लाख प्रति ई–पासपोर्ट छपाईको जिम्मा

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १५:५९
फ्रान्सेली कम्पनीलाई २० लाख प्रति ई–पासपोर्ट छपाईको जिम्मा

५ कात्तिक, २०७७ काठमाडौं । २० लाख प्रति ई–पासपोर्ट छपाईको जिम्मा फ्रान्सेली कम्पनी आइ.डीइ‍.एम.आइए आइडेन्टी एन्ड सेक्युरेटी फ्रान्स एस.ए.एसले पाएको छ ।

राहदानी विभागले आव्हान गरेको अन्तर्राष्ट्रिय टेण्डरमा सबैभन्दा कम कबोलेको कम्पनीलाई ई–पासपोर्ट छपाईको जिम्मा दिएको हो ।

टेण्डर प्रकृयामा भाग लिएका ७ वटा विदेशी कम्पनीमध्ये फ्रान्सेली कम्पनीले सबैभन्दा कम रकममा ठेक्का कबोलेको हो । कम्पनी २ करोड ११ लाख अमेरिकी डलर अर्थात २ अर्ब ४८ करोड रुपैयाँमा ई–पासपोर्ट छाप्न तयार भएको छ ।

एक वर्षभित्र ई–पासपोर्ट छपाईका लागि विभागले गरेको तेश्रो टेण्डरमा बल्ल ठेक्का लागेको छ ।

यसअघिका दुबै टेण्डरमा कागजात नपुगेको र सार्वजनिक खरिद ऐन अनुरुप प्रकृया नमिलेको भन्दै दुबै टेण्डर रद्द गरिएको थियो ।

विभागसँग अब ५ लाख थान एमआरपी पार्सपोर्ट मात्र छ । यसले ८ महिनाको माग मात्र धान्ने भएकाले जतिसक्दो चाँडो पासपोर्ट छपाईको काम थाल्नुपर्ने बाध्यता छ ।

ठेक्का पाएको कम्पनीलाई ७ दिनभित्र सम्झौताका लागि सम्पर्कमा आउन सूचना जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *