खेलकूद

च्याम्पियन्स लीगमा हंगेरीको फेरेन्सभरोसमाथि बार्सिलोना विजयी

हिमालय टिभी
२०७७ कार्तिक ५ गते ७:२९
च्याम्पियन्स लीगमा हंगेरीको फेरेन्सभरोसमाथि बार्सिलोना विजयी

५ कात्तिक, २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा बार्सिलोनाले विजयी शुरुवात गरेको छ ।

समूह जी अन्तर्गत पहिलो खेलमा बार्सिलोनाले हंगेरीको फेरेन्सभरोसमाथि ५–१ गोलको फराकिलो जित निकालेको हो । घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाको जितमा लियोनल मेस्सी, अंशु फाटी, फिलिप कौटिन्हो, गोञ्जालेज र उस्मान डेम्बेले एक(एक गोल गरे ।

फेरेन्सभरोसका तर्फबाट इहोर खाराटिनले सान्तवना गोल फर्काए । २७ औं मिनेटमा मेस्सीको पेनाल्टी गोलसँगै बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो ।

त्यसपछि ४१ औं मिनेटमा फाटीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता बनायो । दोस्रो हाफ अन्तर्गत बार्सिलोनाका लागि ५२औं मिनेटमा कौटिन्होले एक गोल थपे ।

६८ औं मिनेटमा जेरार्ड पिके रातो कार्ड पाउँदै बाहिरीएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । ७० औं मिनेटमा फेरेन्सभरोसका लागि खाराटिनले पेनाल्टीमा एक गोल गरे ।

त्यसपछि ८२ औं मिनेटमा गोञ्जालेज र ८९ मिजेटमा डेम्बेले एकएक गोल थपेपछि बार्सिलोना समग्रमा ५–१ गोलले विजयी भएको हो ।

यसै समूहको अर्को खेलमा युभेन्ट्सले डाइनामो किभमाथि २–० गोलको जित निकालेको छ । युभेन्ट्सको जितमा दुबै गोल अल्भारो मोराटाले गरे ।

च्याम्पियन्स लीग अन्तर्गत नै सम्पन्न समूह एचको खेलमा म्यानचेष्टर युनाइटेडले पेरिस सेन्ट जर्मेनमाथि २–१ तथा आरबी लाइप्जिकले इस्तानबुल बासाक्सिरमाथि २–० को जित निकाले ।

उता समूह इ को खेलमा चेल्सी र सेभिया गोलरहित बराबरीमा रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्