आर्थिक

च्याङ्ग्रा महँगिए पनि बेखुशी छैनन उपभोक्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ३ गते २०:३३
च्याङ्ग्रा महँगिए पनि बेखुशी छैनन उपभोक्ता (भिडियोसहित)

३ कात्तिक, २०७७ काठमाडौं । दशैंका लागि हिमाली जिल्लाबाट ल्याइएका च्याङ्ग्रा भक्तपुरमा बिक्री शुरु भएको छ । कोरोना भाइरसका कारण सीमा नाकाहरु बन्द भएकाले चीनबाट आयात भएको छैन । त्यसैले वर्ष च्याङ्ग्राको तयारी मासु गतवर्ष भन्दा किलोमा नै छ सय रुपैयाँ महंगो भएको छ ।

भक्तपुरको सल्लाघारीमा मुस्ताङ्गका च्याङ्ग्रा आइपुगेका छन् । पोहोर परार व्यापारीले तिब्बतबाट पनि च्याङ्ग्रा ल्याउँथे । तर यसपाली नाकाबन्दा भएकाले मुस्ताङ्गबाट मात्र च्याङ्ग्रा ल्याइएको छ ।

र च्याङ्ग्रा पनि थोरै मात्र ल्याइएको छ । त्यसैले महँगो छ । गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७ सय ५० रुपैयाँमा बेचेका व्यापारीले यो वर्ष १ हजारमा बेचिरहेका छन् ।

सल्लाघारीमा यो वर्ष विक्रीका लागि करिब पाँच सयदेखि ८ सय च्याङग्रा आउने व्यापारीले बताएका छन् ।

सल्लाघारीमा च्याङग्राको तयारी मासु गतवर्ष प्रतिकिलो एक हजार ६ सय रुपैयाँमा बिक्री गरेको भए पनि यो वर्ष भने प्रतिकिलो दुई हजार २ सय रुपैयाँमा बिक्री भएको छ । खसीबोकाको भन्दा च्याङ्ग्राको मासु स्वस्थकर हुने भएकाले उपभोक्ता महंगो मूल्य तिर्न पर्दा पनि बेखुसी छैनन् ।

पोहोर परार सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि च्याङ्ग्रा ल्याएर बेच्ने गरेको थियो । तर यसपल्ट उसले खसी बोका मात्र ल्याएको छ । खाद्यले च्याङ्ग्रा नल्याएका कारण पनि व्यापारीले आफूखुसी भाउ महँगो बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *