खेलकूद

खेल र खेलाडीका बारेमा कसैले किन सोचेन ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ३ गते १९:२१
खेल र खेलाडीका बारेमा कसैले किन सोचेन ? (भिडियोसहित)

३ कात्तिक, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ७ महिनादेखि खेल गतिविधि बन्द छ । यसले खेलाडी मैदानमा आउन पाएका छैनन् भने प्रशिक्षण समेत नहुँदा खेलाडी लयमा फर्कन संघर्षरत छन् ।

सरकारबाट खेल क्षेत्र उपेक्षामा परेको गुनासो खेलाडीको छ । तर पनि क्लबहरु पनि तत्काल प्रशिक्षण गर्न सक्ने अवस्थामा छैनन् । यसले मैदानमा आफ्नो प्रदर्शनलाई लिएर खेलाडीहरु चिन्तित भइरहँदा आर्थिक मारमा समेत परिरहेका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण नेपालमा यतिखेर सबैजसो क्षेत्र ठप्प जस्तो छ । यसबाट खेल क्षेत्र पनि अछुतो छैन् । सात महिनादेखि खेल प्रतियोगिता र प्रशिक्षण रोकिँदा खेलाडी मानसिकसँगै आर्थिक रुपमा पनि मारमा परेका छन् ।

अझ खेलबाट जिवन यापन गरिरहेका खेलाडीलाई त झनै समस्या परेको छ । यस्तोमा उनीहरु खेल गतिविधि छिटो होस् भन्ने चाहन्छन् । तर सम्बन्धित निकायले खेलाडीलाई मैदानमा उतार्न सक्रियता देखाएको छैन ।

अखिल नेपाल फुटबल संघ एन्फाले गर्ने लिगदेखि, जिल्ला जिल्लामा हुने गोल्डकपसमेत भएका छैनन । त्यसैले यो अवस्थामा तत्काल प्रशिक्षणमा जान कठिनाई पर्ने क्लबहरुको धारणा छ ।

फुटबल गतिविधि सञ्‍चालन गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई अनुमति दिइसकेको छ । तर राष्ट्रिय टोलीका लागि प्रशिक्षण अनुमति दिए पनि क्लबहरुको हकमा के हुने भन्ने अझै यकिन छैन् । तर एन्फा र राखेप लगायत खेल सम्बद्ध निकायले उचित सहयोग गरेको खण्डमा प्रशिक्षण सुरु गर्न तयार रहेको उनीहरुको भनाई छ ।

तत्कालै प्रशिक्षण सुरु गर्न स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने र आम्दानी शुन्य अवस्थामा रहँदा क्लबलाई खेलाडी अनुबन्ध गर्न र तयारी गर्न व्यवहारिक कठिनाई छ । तर पनि क्लब, एन्फा र राखेपबीचको आपसी तालमेल र सहकार्यको अभावमा खेलाडीले अभ्यास गर्न र खेल्न पाएका छैनन् र जुन व्यावसायिक खेलाडी माथिको अन्याय हो ।

यसले विस्तारै व्यावसायिक अभ्यास थालेको क्लबलाई ठूलो नोक्सानी त गरेको छ नै सँगै समग्र नेपाली फुटबलकै भविष्य के हुने भन्ने अन्यौल पनि थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्