आर्थिक

भाटभटेनी सुपरमार्केटमा अनुज्ञापत्रबिना मासु विक्री

हिमालय टिभी
२०७७ कार्तिक ३ गते १७:२१
भाटभटेनी सुपरमार्केटमा अनुज्ञापत्रबिना मासु विक्री

३ कात्तिक, २०७७ काठमाडौं । भाटभटेनी सुपरमार्केटले खाद्य अनुज्ञापत्र नभएको खसीबोकाको मासु बेचेको पाइएको छ ।

काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा भाटभटेनी सुपरमार्केटमा बेच्न राखिएको मासुको खाद्य अनुज्ञापत्र नभएको पाइएको हो ।

महानगरले काठमाडौंको कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा अनुगमन गरेको थियो । अनुज्ञापत्र नलिई मासु बेचेको पाइएपछि महा‍नगरले तत्काल खाद्य अनुज्ञापत्र लिन भनेको छ ।

खाद्य तथा खाद्यजन्य वस्तुको विक्री वितरणमा सरकारबाट अनुमतीस्वरुप अनुज्ञापत्र लिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *