शिलालेखमा नाम नभेटिएपछि उपमेयरले देखाइन् यस्तो तमासा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २ गते १४:०२
शिलालेखमा नाम नभेटिएपछि उपमेयरले देखाइन् यस्तो तमासा (भिडियोसहित)

२ असोज, २०७७ काठमाडौं । देश संघीयतामा गएसँगै देशमा ३ तहका सरकार बनेका छन् । तीनै तहमा जनताद्वारा चुनिएका प्रतिनिधिले काम गरिरहेका छन् । तर केही ठाउँमा जनप्रतिनिधिबीच नै विवाद हुने गरेको छ । कैलालीको घोडाघोडी नगरपालिकाकामा जनप्रतिनिधिबिच विवाद देखियो ।

यहाँ कैलालीको घोडाघोडी नगरपालिकाका ७ नम्बर वडा कार्यालयको उद्घाट्न हुँदैछ । मेयर मेयर ममताप्रसाद चौधरी शिलालेख अनावरण गर्दै हुनुहुन्छ । मेयरसँगै बाझ्दै शिलालेखमा ढुंगा हानिरहेकी चाहीँ उपमेयर प्रेमकुमारी थापा हुनुहुन्छ ।

ढुंगा हान्ने थापालाई हातमा समात्दै यसो नगर्न मेयर आग्रह गर्दै हुनुहुन्छ । उपमेयरले यो शिलालेखमा आफ्नो नाम फेला नपरेपछि यसरी ढुंगा हान्नुभयो ।

उपमेयर थापा शिलालेखमा आफ्नो नाम नभएकोमा आक्रोशित हुनुहुन्छ । उहाँको आक्रोश यत्तिमै सीमित छैन । उहाँ बारम्बर मुड्कीले शिलालेखमा हान्नुहुन्छ र नाराबाजी गर्नुहुन्छ ।

उपमेयरकी एक समर्थक त झोलाबाट घन निकालेर शिलालेखमै हान्न खोज्छिन् र तर प्रहरीले रोक्छ।

वडा कार्यालय उद्घाटन कार्यक्रमका सहभागी उपमेयरको पक्ष र विपक्षमा विभाजित हुन्छन् ।

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर चौधरी र उपमेयर थापा दुवै एउटै पार्टी नेकपाका हुनुहुन्छ । तर मेयर चौधरी प्रधानमन्त्री केपी शर्मा ओली गुटका हुनुहुन्छ भने उपमेयर प्रेमकुमारी थापा माधव नेपाल गुटकी ।

दुवै जनाबीच चुनावदेखि नै लफडा हुँदै आएको छ । शनिबार वडा कार्यालय उद्घाटनमा त्यो सरसर्ती हेर्दा गुटगत राजनीतिसँग जोडिएको त देखिन्न, त्यो नहोला पनि भन्न सकिन्न । तर जे भयो त्यो लज्जाको विषय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *