स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिड पराजित

२ कात्तिक, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा साविक विजेता रियल म्याड्रिड पराजित भएको छ ।
गएराति भएको खेलमा नवप्रवेशी क्लब क्याडिजले रियललाई १–० गोलले पराजित गरेको हो । रियलको घरेलु मैदानमा क्याडिजका लागि १६ औं मिनेटमा एन्थोनी लोजानोले गरेको गोल नै निर्णायक रह्यो ।
जितसँगै क्याडिज तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । क्याडिजले ६ खेलबाट १० अंक जोडेको छ । उता सिजनको पहिलो हार व्यहोरेको रियल ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा यथावत छ ।
त्यस्तै अर्को खेलमा गेटाफेले बार्सिलोनामाथि १–० को नै जित निकालेको छ । बार्सिलोनाको समेत यो यस सिजनको पहिलो हार हो । गेटाफेका फरवार्ड जेमी माटाले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।
बार्सिलोनाका फ्रेन्की डी जोङले डिबक्सभित्र फल गरेपछि घरेलु टोली गेटाफेले पेनाल्टीको अवसर पाएको थियो । बार्सिलोनाका लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोल गर्ने अवसर गुमाएका थिए ।
जितसँगै गेटाफे तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गेटाफेले ५ खेल खेल्दै १० अंक जोडेको छ । उता ४ खेलबाट ७ अंक रहेको बार्सिलोना तालिकाको नवौं स्थानमा छ ।
यस्तै ला लिगा अन्तर्गत नै गएराति भएका अन्य खेलमा ग्रानाडाले सेभियालाई १–० तथा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २० गोलले हराए ।
प्रतिक्रिया