खेलकूद

चेन्नईलाई ५ विकेटले पराजित गर्दै दिल्ली पुनः आइपीएलको शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ कार्तिक २ गते ७:४६
चेन्नईलाई ५ विकेटले पराजित गर्दै दिल्ली पुनः आइपीएलको शीर्ष स्थानमा

२ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ ।

आइपीएल अन्तर्गत पछिल्लो खेलमा दिल्लीले चेन्नई सुपर किंग्समाथि ५ विकेटको सहज जित निकाल्दै पुनः शीर्ष स्थानमा पुगेको हो । १ सय ८० रनको लक्ष्य दिल्लीले खेल सकिन एक बल अगावै मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो ।

दिल्लीका शिखर धवन १ सय १ रनमा अविजित रहे । त्यस्तै मार्कस स्टोइनिसले २४ तथा कप्तान श्रीयस अइयरले २३ रन जोडे । बलिङमा चेन्नईका दीपक चहरले २ विकेट हात पारे ।

यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गर्दै चेन्नईले २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ७९ रन बनाएको थियो । उसका लागि फाफ डुप्लेसिसले ५८ रन बनाउँदा अम्बाटी रायुडु ४५ रनमा नटआउट रहे ।

बलिङमा दिल्लीका एनरिच नोर्जेले दुई विकेट लिए । शिखर धवन म्यान अफ द म्याच भए । साविक विजेता मुम्बई इण्डियन्सलाई पछि पार्दै शीर्ष स्थान उक्लिएको दिल्लीले ९ खेलबाट १४ अंक जोडेको छ । उता एक खेल कम खेलेको मुम्बईको १२ अंक रहेको छ ।

यस्तै हिजै सम्पन्न पहिलो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको थियो ।

प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स तथा मुम्बई इण्डियन्स र किंग्स एलाभेन पञ्जाबबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्