सीमा विवादलाई कांग्रेसले गलत तरिकाले उठायो : राजनीतिक विश्लेषक आचार्य (भिडियो?
१ कात्तिक, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाइरहेको छ ।
सरकारले चीनले सीमा नमिचेको भनेर प्रष्टिकरण दिएपनि कांग्रेसले त्यसलाई स्वीकार गरेको छैन । र पूर्वमन्त्री एवं कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाही नेतृत्वको टोलीले गरेको अध्ययनमा सीमा मिचिएको पाइएको प्रतिवेदन सार्वजनिक गर्दै सरकारको धारणा मागिरहेको छ ।
पार्टीले आधिकारिक रुपमै यसबारे प्रेस नोट जारी गरेको छ भने पार्टी प्रवक्ता सहित अरु नेताले चीनले हुम्लामा सीमा मिच्दा नदेखेको झैं गरेर कम्युनिष्ट सरकारले राष्ट्रघातमा गरेको आरोप लगाइरहेको छ ।
कांग्रेसले जसरी यो मुद्दालाई उठाइरहेको छ, के यो ठीक छ ? यो विषयमा हामीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग कुराकानी गरेका छौं । सहकर्मी बोमलाल गिरिले आचार्यलाई चीनसँगको सीमा मुद्दा कांग्रेसले जसरी उठाइरहेको छ के त्यो ठीक छ भनेर सोधेका छन् –
प्रतिक्रिया