खेलकूद

विदेशी खेलाडीलाई आर्थिक सहयोग

हिमालय टिभी
२०७७ कार्तिक १ गते १८:२६
विदेशी खेलाडीलाई आर्थिक सहयोग

१ कात्तिक, २०७७ काठमाडौं । फूटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ ।

लिग कोरोना भाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । आर्थिक हिसाबमा समेत आप्ठ्यारो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ ।

विभिन्न माध्ययमबाट संकलन गरिएको रकमलाई दिपकुमार राई र एम्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो । सयहोग पाएका विदेशी खेलाडी फ्लोरेन्ट कोआरले अप्ठेरो परेको बेला सहयोग पाउँदा खुशी लागेको बताउनुभयो ।

२७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयकोका लागि अमेरिकामा बस्दै आएका विभिन्न पूर्व खेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रुपैयाँ प्रदान गरिएको हो । जसमा एक जना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्